मनाङका जनताले गुरुङ सरकार विरुद्ध मत हाल्न दिएनन : दिपक मनाङे
  • CIA Khabar

  •  पोखरा। गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङका जनताकाे दवावका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे विपक्षमा मतदान गर्न नसकेकाे बताएका छन्।
    आज गण्डकी प्रदेशकाे विशेष अधिवेशनेकाे तेश्राे बैठकमा अनुपस्थित रहेका सांसद मनाङेले एस एन एन नेपाललाइ टेलिफाेन गर्दै आफू मनाङकै मतदाताले जिताएकाे व्यक्ति भएकाले उनीहरुकाे भावना भन्दा विपरित जान नसक्ने बताए। दिपक मनाङे नामले परिचित सांसद राजीव संसदमा अनुपस्थित रहेपछि खाेजी भैरहेकेा छ।
    उनी दुवै माेवाइलकाे स्वीच अफ गरेर बसेका छन्। हाे, मैले याे सरकारकाे विरुद्ध मतदान गराैं कि भन्ने मानसिकता बनाएकाे थिए र त्यही अनुसार अविश्वास प्रस्तावकहरुलाई सहयाेग गर्ने बचन दिएकाे थिए, तर मेरा जनता पाेखरा आएरै मलाई अहिलेकै सरकारलाई सहयाेग गर्न दवाव दिए, मेरा जनताले दिएकाे दवाव मैले स्वीकार्नै पर्याे– सांसद गुरुङले एस एन एन नेपाल सङ भने
  • १५ बैशाख २०७८, बुधबार १६:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images