२४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना पुष्टि
  • CIA Khabar

  • काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

  • १५ बैशाख २०७८, बुधबार १७:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images