त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने
  • CIA Khabar

  • काठमाडौँ– सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

    वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले जानकारी दिए ।

    काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो । फाइनलमा नेपालले फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

  • १५ बैशाख २०७८, बुधबार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images