जनमोर्चाका सांसद शाही ‘आईसीयू’मा
  • CIA Khabar

  • पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको ‘आईसीयू’मा भर्ना भएको बताइएको छ ।

    शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए । तर उनले अस्पतालको नाम भने बताउन चाहेनन् । स्रोतका अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ । ‘दिउँसो १२ बजे शाही अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन,’ हमालले भने,‘पोखरा बाहिर चितवनतिर पनि लैजानुपर्ने हुन्छ,’ उनले कस्तो प्रकारको बिरामी भन्ने पनि खुलाएनन् ।

    जनमोर्चाकी गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । मंगलबारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शंकास्पद रहेको उनको भनाइ थियो ।

    गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही ‘बिरामी’ भएको बताइएको छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो ।

    प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

  • १५ बैशाख २०७८, बुधबार १७:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images