गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
  • CIA Khabar

  • काठमाडौँ– गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सभामा दर्ता भएको अविश्वासको मतदान हुने समयमा जनमोर्चा नेपालका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएको र उनको खोजी गर्न सचेतक पियारी थापाले प्रदेसभामा निवेदन दिएको भन्दै बैठक स्थगित गरिएको हो ।

    यसअघि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा मतदानका लागि साढे ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिममा जनमोर्चा सांसद सम्पर्कविहीन भएको भन्दै सभिवालयमा निवेदन परेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

  • १५ बैशाख २०७८, बुधबार १७:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images