कांग्रेस र माओवादीको इशारामा सभामुखले अनैतिक काम गरे : सांसद पहारी
  • CIA Khabar

  •  पोखरा । कास्की क्षेत्र नं-३ (ख) का सांसद राजिब पहारी ले गण्डकी प्रदेश सभाको बैठक कांग्रेस र माओवादीको इशारामा स्थगित गरेको बताउनु भएको छ ।
    उहाले भन्नु भयो  मैले सांसद हरुको कोरोना भाइरस पिसिआर चेक गरेर मात्र प्रदेश सभा सञ्चालन गर्नुपर्छ भन्दा सदन लम्बाउन खोजियो भनेर स्यालहुइया गर्ने  कांग्रेस र माओवादी सांसदहरु आज अविश्वासको प्रस्ताव विफल हुने भइसके पछि सभामुखलाई प्रयोग गरेर हठातमा सुचना टाँसेर सदन स्थगित गरेका छन।
    सभामुख नेत्रनाथ अधिकारी  कांग्रेस र माओवादी सँग लाचार छाया भएका छन । अविश्वासको प्रस्तावको मतदान हुनै लाग्दा माओवादी र काङ्ग्रेसको इशारामा विना कारण सभामुखले सभा स्थगित गराएका हुन ।
    आफ्नो पक्षमा सांसद कम हुने डरले जनमोर्चा का सांसद लाई कोरोना भाइरस संक्रमण भएर आइसियु मा हुदा पनि सभामुख ले कांग्रेस  र माओवादीको इशारामा सभा स्थगित गरेको बताउनु भयो ।
  • १५ बैशाख २०७८, बुधबार १८:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images