सर्बहारा बर्गको सुख:दुखको सारथि नेबि संघ र तरुण दल कपिलवस्तु
  • CIA Khabar

  •  कपिलवस्तु । नेपाली कांग्रेस को भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले बिपत्ति को बेलामा गरिब जनता र सर्बहारा बर्गको लाई सहयोग गर्ने भएको छ । कोरोना भाइरस को दोस्रो लहर फैलिए पछि कपिलवस्तुमा पनि कोरोना प्रभाब परेको बेला तरुण दल र नेबि संघले छाक टार्न धौ/धौ हुने परिवार लाई गाँस /वासको ब्यब्स्था गरिदिने भएको छ ।
    संगठन ले बिगतका दिनहरुमा पनि थुप्रै सामाजिक कामहरु गर्दै आएको छ । कोरोना भाइरस को दोश्रो लहर फैलिरहेका बेला दैनिक ज्याला गरि खाने मजदुर परिवारलाइ काम बन्द भएको बेला बिहान साझ खाना खान समस्या आउने हुदा त्यस्तो परिवार लाई खानाको ब्यब्स्था गरिदिन तरुण दल तयार रहेको नेबि संघ क्षेत्र नं१ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल ले एस एन एन नेपाल लाइ जानकारी दिनु भयो ।
    तरुण दल सधै समाजसेवाको लागि तयार रहेको बताउदै समाजमा त्यस्ता कोहि गरिब परिवार भए तरुण दललाइ जानकारी दिन तरुण दल जिल्ला सभापति शक्ति सिं ठकुरीले अनुरोध गर्नु भयो । यस्तै कोरोना भाइरस बढेको बेलामा तरुण दलले सचेतनाका कार्यक्रम संचालन गर्दै माक्स बितरण समेत गरेको छ ।
  • १५ बैशाख २०७८, बुधबार १९:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images