पार्टीभित्रकै नेताहरुले अस्थिरता फैलाउने काम गरेको थापाको आरोप
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले मुलुकमा अस्थीरता फैलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्ने बताएका छन् ।

    बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताएका हुन्।

    उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको पनि बताए।

    मुलुकमा भएको विकास निर्माणलाई जनताले हेरिरहेको भन्दै उहाले कसैले सरकारको नकारात्मक प्रचार गरेर केहि नहुने धारणा राखे । थापाले वर्तमान सरकारले पाँच बर्ष मुलुकको विकासमा काम गर्ने तर्क गरे।

    कार्यक्रममा एमाले काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो प्रकाशित गरिएको थियो।

  • १५ बैशाख २०७८, बुधबार २०:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images