बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताएका हुन्।
उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको पनि बताए।
मुलुकमा भएको विकास निर्माणलाई जनताले हेरिरहेको भन्दै उहाले कसैले सरकारको नकारात्मक प्रचार गरेर केहि नहुने धारणा राखे । थापाले वर्तमान सरकारले पाँच बर्ष मुलुकको विकासमा काम गर्ने तर्क गरे।
कार्यक्रममा एमाले काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो प्रकाशित गरिएको थियो।














