कोभिड-१९ को दोस्रो लहरबाट सतर्कता अपनाउन वडाअध्यक्ष आचार्यको आग्रह
  • CIA Khabar

  • कपिलवस्तु। कपिलवस्तुको बुद्दभुमी नगरपालिका वडा नं -३ का वडावासिलाइ कोभिड-१९ बाट बच्न अनुरोध गरिएको छ । बिस्वमा कोरोनाका बिरामी बढिरहेका बेला , स्वास्थ मन्त्रालयले सतर्कता अपनाउन निर्देशन दिए पछि बुद्दभुमी -३ मा पनि सतर्कता बढाउन थालिएको छ ।

    छिमेकी देश भारतमा कोरोना भाइरस का बिरामी बढेसङै भारतमा कडाइ गरिए पनि सिमानामा रहेको जिल्ला कपिलवस्तु मा भने कुनै कडाइ नै गरिएको छैन , जिल्लामा भिडभाड जम्मा हुने ,भेला गोष्ठी हरु गर्ने र माक्सको प्रयोग नगर्नेको संख्या धेरै छ तरपनी बुद्दभुमी -३ मा भने सतर्कता अपनाउन निर्देश नै गरिएको छ।

    घरबाहिर नजाने , घरबाहिर जान परेमा अनिवार्य माक्स , स्यानिटाइजरको प्रयोग गर्ने र सम्पुर्ण वडावासिमा वडाअध्यक्ष बिकास आचार्यले अनुरोध गर्नु भएको छ । वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यले वडावासिलाइ केही समस्या भए आफू रातदिन खटेर वडावासिका समस्या समाधानमा लाग्ने बताउनु भएको छ।

  • १६ बैशाख २०७८, बिहीबार ०९:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images