निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधन नियन्त्रणमा
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका केही निजी गाडी र मोटरसाइकलसमेत गरी तीन सय सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होल्डिङ सेन्टरमा राखिएका ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    निषेधाज्ञा सफल बनाउन उपत्यकामा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।  स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि निषेधाज्ञा उलंघन गर्नेहरू देखिएपछि  चेकजाँचलाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    काठमाडौं जिल्लामा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ ।

    सिंहले काठमाडौंका १२८ ठाउँका नेपाल प्रहरी परिचालन गरिएको छ भने ४४ ठाउँमा ट्राफिकसहितको संयुक्त चेकजाँच गरिएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार ०९:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images