महिनावारीका बेलाको पेट दुखाई कम गर्न दही सेवन उपयोगी
  • CIA Khabar

  • महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो । अधिकाशं महिलामा यस प्रकारको पेट दुखाई हुने गर्दछ तर कसै कसैलाई महिनावारीका बेला अत्याधिक पेट दुख्ने गर्दछ । जसले गर्दा नियमित कामकाज गर्न पनि गार्‍हो हुन्छ ।

    महिनावारीका बेला पीडाका कारण ८० प्रतिशत महिला चिन्तित हुन्छन् । तर एक अध्ययन अनुसार महिनावारीका बेला हुने पेटको दुखाईमा नियन्त्रण पाउन दही सेवन उपयुक्त हुने देखिएको छ । यो बेलाको पीडामा महिलाले दैनिक २ कप दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम हुने देखिएको छ ।

    दहीमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइन्छ । जसले हर्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्दछ । साथै दहीको नियमित सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ ।

  • १६ बैशाख २०७८, बिहीबार ०९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images