आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी
  • CIA Khabar

  • ताइपेइ- ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ ।

    कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको ताइवानको विदेश मन्त्रालयले बताएको बताएको छ । साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

    अमेरिकाले ताइवानमा पृथकतावादी गतिबिधिमा सहयोग रोक्नु पर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो ।

    वाङ ले अमेरिकाले चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए ।

    चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो ।

    विश्वमा ताइवानको उपस्थितीलाई चीनको दमनले कुनै फरक नपर्ने विदेश मन्त्रालयको भनाइ छ ।

    स्रोत जस्ट अर्थ न्युज

  • १६ बैशाख २०७८, बिहीबार ११:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images