निषेधाज्ञामा हेलिकोप्टर चार्टर गरेर दोलखा पुगे सरकारका दुई मन्त्री
  • CIA Khabar

  • मुलुक कोरोना कहरमा छ । केही समय यताको तथ्याङकले मृत्यु दर संसारमै सबै भन्दावढी भएको मुलुकमा नेपाल परेको छ । कोरोनावाट नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेको छ । तर, ‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भने झै सरकारका मन्त्रीहरु विकास आयोजनाको निरिक्षण गर्ने नाममा हेलिकोप्टर चार्टर गरेर दोलखा पुगेका छन् ।

    अपरतामाकोशीको मुख्य सुरुङ मार्गमा स्वीच मार्फत पानी हाल्न सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वधार मन्त्री बसन्त नेम्वाङ दोलखा पुगेका छन् ।

    कोरोनावाट आहत जनतालाई राहत दिनेतर्फ केन्द्रीत रहनुको सोटो राज्य श्रोत खर्च गरेर मन्त्रीहरुले सस्तो लोकप्रियताका लागि रमिता देखाएको भन्दै नेपाली कांग्रेस दोलखाले विरोध जनाएको छ ।

    पार्टी सचिवद्धय सन्तोष रिमाल र सूर्यवहादुर आचार्यद्धारा जारी बक्तव्यमा नागरिकलाई घरभित्र थुनेर तामझामका साथ मन्त्रीहरु तामाकोशी पुग्नुलाई समयानुकुल नभएको उल्लेख छ । मन्त्रीहरुको यस्तो कदमले जनतामा गलत सन्देश जाने विज्ञप्तिमा उल्लेख छ ।

  • १६ बैशाख २०७८, बिहीबार ११:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images