भिडभाड नगरी आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरुलाई धेरै भिडभाड नगरी आलोपालो प्रणालीमा कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले बुधवार एउटा सूचना जारी गर्दै कोभिड–१९ रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएकोले सोही बमोजिम व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयमा आलोपालो प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको हो ।

    निषेधाज्ञाको समयमा घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार १२:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images