प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– प्रधानमन्त्री ओली आइसोलेसनमा हुनुहुन्न
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

    उक्त समाचारको खण्डन गर्दै उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन् ।

    त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीसँग केही मन्त्रीहरुले छलफल गरेको फोटो सार्वजनिक गर्दै त्यस्तो समाचार भ्रमपूर्ण भएको बताएका हुन्।

  • १६ बैशाख २०७८, बिहीबार १२:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images