घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

    बुधबारको तुलनामा आज छापावाल सुन तोलामा ४०० रूपैयाँले घटेर ९० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै तेजाबी सुन आज ९० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • १६ बैशाख २०७८, बिहीबार १४:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images