ललितपुरको फर्निचर कारखानामा आगलागि हुदाँ ३५ लाख भन्दा बढी क्षति
  • CIA Khabar

  • गएराती ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ४ प्युटारमा रहेको एक फर्निच कारखानामा आगलागी हुदा ३५ लाख भन्दा बढी क्षति भएको छ । प्युटारमा रहेको कालिदेवि  फर्निचर उद्योगमा बुधबार राती ३ बजे आगलागी भएको हो । उक्त फर्निचर उद्योगमा आगलागी हुदाँ स्टोर गरि राखेको काठ  निर्माण भएको भएका फनिचार सहित सम्पुर्ण निर्माण उपकरणहरु नष्ट भएको  उद्योग संचालक रामहरि बजगाँईले जानकारी दिए । आगलागी कसरी भयो भन्ने कारण खुल्न सकेको छैन ।

    तर करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन ।  आगलागी भएको स्थानमाा बागमति गाउँपालिका  अध्यक्ष बिरबाहदुर लोप्चन , उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिना , वडा अध्यक्ष नारायण बहादुर घले र प्रहरी सहितको टोलि घटना स्थल पुगि निरिक्षण निरिक्षण गरेको बागमति गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरे समिरले जानकारी दिए ।

  • १६ बैशाख २०७८, बिहीबार १३:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images