आँखै अगाडि कैलाश पर्वत (फोटो फिचर)
  • CIA Khabar

  • भौतिक विकास र सुखले नछोएको जिल्ला हो, हुम्ला । जबकी यो आफैंमा प्राकृतिक स्रोत र सौन्दर्यले सुशोभित पनि छ ।

    जस्तो कि, लिमी उपत्यका । तिब्बतियन संस्कृतिलाई आफूमा समेटेर थपक्क बसेको यो उपत्यकामा पुगेपछि अन्यत्र ध्यान मोडिदैन । अनुपम प्राकृतिक सौन्दर्यले जो–कोहीलाई मोहनी लगाउँछ ।

    रैथाने जनजीवनले पनि आगन्तुकलाई बेग्लै अनुभूति गराउँछ । यहाँको दर्शनीय स्थल भनेका प्रचिन गुम्बाहरु हुन् । यी गुम्बाहरु एक हजार वर्षभन्दा पुरानो रहेको बताइन्छ ।

    लिमी भ्याली पुग्नका लागि हुम्लाको सदारमुकाम सिमकोटबाट पाँच दिन हिँड्नुपर्छ । तीन वटा गाउँ तिल, हल्जी र जाँग मिलेर बनेको छ यो उपत्यका । सिमकोटदेखि लिमीसम्म पुग्ने सडक निर्माण भइरहेको छ । लगभग यी दुई ठाउँलाई सडकले आपसमा जोडिसकेको छ । च्यासरा भीरमा केही स्थानमा भने निर्माणको काम बाँकी छ ।

    तस्विर : अविनास लामा/अनलाइन खबर

  • ६ चैत्र २०७७, शुक्रबार २३:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images