गण्डकीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, दीपक मनाङे बने मन्त्री
  • CIA Khabar


  • पोखरा— गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेट्दै मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मनाङेलाई आजै सपथ खुवाउने तयारी हुँदैछ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

    मनाङे मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

  • १६ बैशाख २०७८, बिहीबार १६:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images