राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्छ : नेकपा माले
  • CIA Khabar

  • काठमाडौ । नेकपा मालेले उपप्रधानमन्त्री राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्ने बताएको छ । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै सो पार्टीले त्यसले जनताको भावनामा चोट पुर्याएको जनाएको छ ।

    उक्त पार्टीको हालै सम्पन्न चौधौं केन्द्रीय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ स् ‘हालै ओली सरकारका उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले नेपालको संविधानको धारा ३ विपरित तथा समस्त नेपाली जनताको भावनालाई चोट पुर्याउँदै ‘नेपाललाई बहु–राष्ट्रिय राज्य’ बनाउने अभिव्यक्तिका साथ नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा ठाडो हमला गरेका छन् ।

    नेकपा (माले) निज मन्त्रीको त्यस्तो अभिव्यक्ति र त्यसपछि रहेको उनको नियतको घोर विरोध गर्दछ । साथै पार्टी माग गर्दछ स् ‘राजेन्द्र महतोले अविलम्ब नेपाली जनता समक्ष क्षमा याचना गरुन् ।’

    उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेकै दिन नेपाललाई बहु–राष्ट्रिय राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना हुँदै आएको छ । यद्यपि, महतोले एक विज्ञप्ति जारी गर्दै आफुले त्यस्तो अभिव्यक्ति दिन नखोजेको प्रतिक्रिया दिइसकेका छन् ।

    सो पार्टीले सरकारले ल्याएको नागरिकता अध्यादेशलाई तुरुन्त फिर्ता लिन र अविलम्ब ‘उच्चस्तरीय नागरिकता छानविन न्यायिक आयोग’ गठन गरी जन्मसिद्ध र अन्य अवैधानिक नागरिकता– प्रमाणपत्रहरूलाई खारेज गरेर मात्र वैधानिक जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान बमोजिम नागरिकता दिन माग गरेको छ ।

    त्यस्तै चुरे क्षेत्रका ढुंगा, गिटी र बालुवा निकालेर भारततर्फ निकासी गर्ने सरकारको निर्णयको पनि उक्त पार्टीले विरोध गरेको छ । बैठकले कोभिड १९ विरुद्ध भारतीय खोपको पहिलो डोज लिइसकेका लाखभन्दा बढी नागरिकहरुलाई समयमै दोश्रो खोप उपलव्ध गराउन समेत माग गरेको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images