ग्रीन टीको नियमित सेवनले मुटु रोगको जोखिम कम
  • CIA Khabar

  • आजकल धेरै मानिसमा ग्रीन टी पिउन लत लागेको छ । मोटोपना कम गर्ने र स्वास्थ्यमा लाभ गर्छ भनेर धेरैले ग्रीन टी पिउने गर्दछन् । ग्रीन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ । त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल पनि पाइन्छ ।

    ग्रीन टीको सेवनले रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरीरको तापक्रम नियमित राख्न मद्दत गर्दछ । साथै तौल घटाउने, कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मकालागि यसको सेवन लाभदायी मान्छि ।

    चिनी नहालिएको ग्रीन टीमा क्यालोरी जिरो हुन्छ । यसमा क्याफिनको मात्रा पनि थोरै हुन्छ । यसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छ । साथै पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुने भएकाले यसको सेवनले क्यान्सर तथा जलन निवारणमा लाभ पुर्याउँछ ।

    ग्रीन टीको सेवनले महिलाहरुमा हुने स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पार्दछ । साथै ग्रीन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्ने पनि लाभदायी मानिन्छ । जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनका अनुसार नियमित ग्रीन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुन्छ ।

  • १६ बैशाख २०७८, बिहीबार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images