मन्त्री बनेपछि दीपक मनाङेः ‘मसँग भिजन छ,अब युवा विदेश जानु पर्दैन
  • CIA Khabar

  • Deepak Manange. Photo: THT

    पोखराः गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूसँग युवाका क्षेत्रमा काम गर्ने भिजन रहेको बताएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदेशको नीति तथा योजना आयोगको हलमा सपथ ग्रहण गरेलगत्तै पत्रकारसँग गफिएका मन्त्री गुरुङले आफूसँग त्यस्ता पाँच देखि छवटा योजना रहेको सुनाए । ‘मसँग भिजन छ,’ उनले भने,‘त्योअनुसार काम गरे युवा विदेश जानु पर्दैन ।
    उनले आफूसँग पहिले जडिबुटीको व्यापार समेत गरेको र युवाको खेल क्षेत्रमा समेत काम गरेको अनुभव रहेको भन्दै काम गर्न समस्या नपर्ने बताए ।
    ‘काम गर्ने वातावरण मिले गर्छु भनेको थिएँ,’ उनले भने,‘उहाँ(मुख्यमन्त्री)बाट अफर आयो ।

  • १६ बैशाख २०७८, बिहीबार १७:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images