मन्त्री बनेका मनाङेले लिए सपथ
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्री नियुक्त भएका दीपक मनाङे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मनाङे मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

    सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् ।

    कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

  • १६ बैशाख २०७८, बिहीबार १८:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images