अपराध पृष्ठभूमीबाट उदाएका स्वतन्त्र सांसद दिपक मनाङे कसरी मन्त्री बने ? 

यस्तो छ उनको अपराध श्रृंखला

  • CIA Khabar

  • अपराध पृष्ठभूमीबाट उदाएका स्वतन्त्र सांसद दिपक मनाङे भनेर चिनिने राजिव गुरुङ मन्त्री बनेका छन् । गुरुङलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
    प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मनाङेलाई मन्त्री बनाएर मुख्यमन्त्री गुरुङले आफ्नो पद बचाउने खेलमा लागेका छन्।

    को हुन दिपक मनाङे

    सांसद हुनुपूर्व ‘गुण्डा नाइके’ भनेर चिनिने दिपक मनाङे उर्फ राजिव गुरुङको नाम बाट उनी परिचित थिए । लामो समय अपराधिक पृष्ठभूमीमा रहेर काम गर्दै आएका गुरुङको जीवन यात्रा ०७४ सालमा आएर राजनीति तर्फ मोडिएका हुन् । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले एमाले पार्टीबाट तत्कालिन समयमा च’नाव लडाउने भनिएपनि चर्को आलोचनापछि गुरुङ मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्धारी दिएर प्रदेश सांसदमा निर्वाचित भए।
    आफुमाथि लागेको अपराधको ट्याग मेटाउनलाई हरदम प्रयासमा रहेका गुरुङ सांसद भएसंगै सुरक्षा थ्रेटबाट समेत उनी बच्च सफल भए । गुण्डा नाइके भनेर चिनिने उनी अवदेखि दिपक मनाङे उर्फ हुँदै माननीय मन्त्री राजिव गुरुङ बनेका छन् ।

    यस्तो छ उनको अपराध श्रृंखला
    ०५०/५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए।स”रुमा राप्रपाको सदस्यता लिएका उनले खासै त्यहाँ उपलब्धि नभएपछि लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने।

    ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए । अकुत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए ।

    २० वर्षदेखि उनी राजधानीको गुन्डागर्दीमा संलग्न थिए। गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने । राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरेको बुझिन्छ।

    ०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परे। जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परे ।सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो ।

    उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । ०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे । तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा माननीय बने।

    सांसद बनेपछि पनि यो बीचमा उनी धेरै पटक विवादित बने। तर, उनै अपराध पृष्ठभूमीका गुरुङ मन्त्री बनेपछि राजनीति साँच्चै फोहोरी खेलको रुपमा सावित भएको छ । हिजो पटक पटक हतकडि लगाएर कष्टडीमा पुर्याएका व्यक्तिलाई नै तीनै प्रहरीले सलामी गर्नुपर्ने गरी गुरुङको दिन फेरिएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार १९:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images