आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग
  • CIA Khabar

  • काठमाडौं । नेपाल वायुसेवा संचालक संघले कोभिड – १९ को दोस्रो लहरकोे संक्रमण दर कम हुँदै गएकाले आन्तरिक उडान खोल्नु पर्ने माग राखेको छ ।

    संघले मंगलबार विज्ञप्ती जारी गर्दै कोभिडको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनदेखि आन्तरिक उडान बन्द भएकाले यसबाट वायुसेवा कम्पनी, कर्मचारी र यात्रुलाई मार परेको भन्दै सबै स्वास्थ्य मापदण्ड अपनाएर आन्तरिक उडान संचालन गर्न सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गरेको हो ।

    विज्ञप्तीमा भनिएको छ ‘कोभिड संक्रमण दर घट्दो अवस्थामा छ । साथै,अहिले कोरोना माहामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहजै उपलब्ध भएको र खोप पनि विभिन्न देशबाट आउने क्रम जारी भएकाले आन्तरिक विमान खुला गर्नु पर्ने संघको दाबी छ ।

    लामो समय आन्तरिक उडान बन्द हुँदा लाखौलाई रोजगारी दिइरहेको वायुसेवा कम्पनी धरासायी बन्न पुगी हजारौंको रोजगारी गुम्न सक्ने संघले बताएको छ । वायुसेवा कम्पनीले नागरिक उड्डयन प्राधिकरणको गाईडलाइन्स र स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण पालना गरी आन्तरिक उडान सञ्जालन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ ।

    लकडाउनको समयमा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा आन्तरिक विमान उडान नरोकिएको संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १९:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images