निषेधाज्ञामा क–कसलाई चाहिँदैन पास ? अवरोध भए प्रहरीको यी दुईओटा नम्बरमा फोन गर्नुस
  • CIA Khabar

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी भएसँगै अत्यावश्यक कामका लागि निस्केकाहरूलाई पास नचाहिने प्रष्ट पारेको छ । निषेधाज्ञा जारी भएको पहिलो दिन नै पासका लागि दवाव बढेपछि काठमाडौं प्रशासनले मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक अन्यलाई पास नदिने भन्दै अत्यावश्यक कामका लागि निस्केकाहरूलाई पास नचाहिने प्रष्ट पारेको हो ।

    सो कार्यालयका अनुसार अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने/आउने यात्रुलाई सवारी पास चाँहिदैन । काठमाडौंमा कोरोना बढेपछि आजदेखि निधेषाज्ञा लगाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले आज विज्ञप्ति जारी गर्दै मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने प्रष्ट पार्नुभएको छ । अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको हो ।

                                                 हेर्नाेस सूचना

  • १७ बैशाख २०७८, शुक्रबार ११:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images