कर्णाली। मंगलबार रातिदेखि कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकाेट, कालिकाेट र रुकुमपश्चिममा बिजुली बल्न छाडेकाे हाे ।
विद्युतको कोहलपुर–सुर्खेत प्रशारण लाइन अन्तर्गत चिसापानीमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको जनाइएकाे छ ।
कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनमा एक फेज लाइन नभएकाले विद्युत सेवा राेकिएकाे छ । अवराेध फुकाउन गर्न मर्मत टोली खटिसकेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए ।