दैलेखका १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण, ४ प्रदेश सदस्यलाई कारवाहीको सिफारिस
  • CIA Khabar

  • काठमाडौं । समानान्तर कमिटी गठन गरेको भन्दै नेकपा एमालेले दैलेखका चार जना प्रदेश कमिटी सदस्यलाई कारवाही गर्न सिफारिस गरेको छ भने १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको छ । दैलेख एमालेको पटक क्षेत्र हो यहिँबाट निर्वाचित सांसद अम्मरबहादुर थापा फ्लोर क्रस गरेर मन्त्री हुनुभएका ेछ । उहाँकै आतिथ्यतामा बसेको वैठकले जिल्लामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गर्दै अध्यक्षमा बरुनाथ योगीलाई चयन गरेको थियो भने सपथग्रहण प्रदेश कमिटी सदस्य टेकबहादुर खाँडले गराउनुभएको थियो ।

    एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीवार बसेका २७ औँ सचिवालय बैठकले पार्टी एकता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको हो । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही नारायण नगरपालिका-१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ, नौमूले गाउँपालिका-४ का वडाध्यक्ष गजबहादुर ढेंगा, भगवतीमाई गाउँपालिका-२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर शाही, आठबीस नगरपालिका-५ का वडाध्यक्ष कर्ण आले, डुंगेश्वर गाउँपालिका-२ का वडाध्यक्ष राजु केसी, नौमूले गाउँपालिका गाउँ सभा सदस्य दीपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपती शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसीलाई तीन दिन भित्र स्पष्टीकरण सोधिएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार ११:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images