काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ ।
नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो । सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हत्या गरेर जलाएपछि सो शव त्यहाँ ल्याएर फ्याँकिएको प्रहरीको निष्कर्ष छ ।
डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।