स्रोत नखुलेको ३० लाख बढी रकमसहित दुई भारतीय पक्राउ
  • CIA Khabar

  • रौतहट। स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले रौटहटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउदै गरेको रकमसहित बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमाबाट दुईजनालाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहतका प्रमुख एसपी सिद्दी बिक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवार रहेका छन् ।

    अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १६:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images