अर्घाखाँचीको बागीमा खोलाको पानीमा डुबेर एकजनाको मृत्यु
  • CIA Khabar

  • अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बागी खोलाको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । सन्धिखर्क ११ को माटेमा बागी खोलामा निर्माणाधिंन अवस्थामा रहेको पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए  ।

    ४९ वर्षीय कुलबहादुर माटेमा रहेको आफ्नो खेतमा धानको बिऊ राख्ने काम सकेर घर फर्किदै गर्दा एक्कासी लड्न पुग्दा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १७:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images