पश्चिम् नवलपरासी । सुशील काेईराला साेसलिस्ट युथ सर्कल सुनवलले आज चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कार्पाेरेसन बर्दघाट शाखालाई ज्ञापन पत्र बुझाएकाे छ ।
नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ को भुमही चोकमा पानी आउदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे भएका कारण आज सुशिल कोइराला सोसलिस्ट युथ सर्कल सुनवलकार्य समितीका अध्यक्ष विशाल पौडेलको नेतृत्वमा चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियारङ कप्रेरियन बर्दघाटलाई शाखा लाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा नारायणगढ बुटवल सडक- खण्ड अन्तर्गत पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -१२ को भुमही चोकमा बाटो पुर्णरुपा बिग्रेकाले धुलोले स्थानिय वासीहरुको स्वास्थमा प्रतिकुल असर परिरहेको तथा सडक दुर्घटनाको प्रबल जोखिम बढेको यस बिषय अबस्थामा सडक ग्राबल गरेर मात्र समस्ट समाधान नहुने यथाशीघ्र सडक मर्मत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
साथै यथाशीघ्र सडक कालोपत्रे तथा मर्मत नभएमा सुशिल कोइराला सोसलिस्ट युथ सर्कलको समन्वयमा स्थानिय स्थानीय संघसस्था, युवा तरुण आन्दोलन गर्न बाध्य हुनेछौ ।आन्दोलन बाट उत्पन्न हुन सक्ने प्रतिकुल असर को जिम्मेवारी सम्बन्धित सडक निर्माणको ठेक्का प्राप्त कम्पनी आफै हुने कुरा यसै ज्ञापन पत्र मार्फत जानकारी दिएको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।