आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ– आज सुनचाँदीको भाउ घटेको छ ।

    हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

    हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

    गएको आइतबार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images