सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित चारजनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका – ५ बबई नेपालगञ्ज सडकखण्डमा २ ग्राम १४० मिलिग्राम लागुऔषध ९ब्राउन सुगर० सहित चारजनालाई पक्राउ गरेको हो ।
बबई स्थित नेपालगञ्ज सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेत तर्फ लागुऔषध ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुको सयुक्त टोलीले उक्त, लागुऔषध बरामद गरेको उनले बताए ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका –१ का बर्ष १८ का कमल राना, वीरेन्द्रनगर नगरपालिका –१० का बर्ष ३० का भरत थापा, सोही ठाउँका ३० बर्षीय मनोज विक, १८ बर्षीय आरएन राना रहेका छन् ।
उनीहरुलाई संकास्पद अबस्थामा फेला पारी व्याग खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ पाकेटमा लुकाई छिपाइ राखेको २ पोका र एनआर रानाले लगाएको कालो मास्क भित्र र बोकेको ब्याक भित्र १ पोका १ पुडिया गरी ३ पोका लुकाई राखेको अबस्थामा फेला परेको थियो । नापतौल गर्दा २ ग्राम १४० मिलिग्राम लागु औषध पाइएको प्रहरीले बतायो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।