क्यान्सर पिडितलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले गर्याे खाद्यन्न सहयोग
  • CIA Khabar

  • बागमती । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ विरुद्धको सहयोग अभियान अन्र्तगत काठमाडौं बुढानिलकण्ठ नगरपालिकामा क्यान्सर पिडित ८ वर्षिय बालकलाई एक महिनाको औषधउपचार सहित सोहि अवधिका लागि खाद्यन्न उपलब्ध गराएको छ ।

    No description available.v

    बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का २९ वर्षिय युवकको कोभिडका कारण मृत्यु भएको र मृतकको परिवारलाई सहयोगको आवश्यक्ता परेको थाहा पाएपछि १ महिनाका लागि आवश्यक खाद्यन्नहरु समेत उपलब्ध गराएको छ ।

    No description available.

    सहयोग अभियान अन्र्तगत, काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक तथा प्रहरी कार्यालयहरुमा मास्क, सेनेटाईजर, फेश शिल्ड, ग्लोबस लगायतका स्वास्थ समाग्रीहरु समेत वितरण गरेको छ ।

    No description available.

    संघले यस अभियान निरन्तर जारी रहने र विशेष गरेर समस्यामा परेका खेलाडी तथा खेलकर्मीहरुलाई प्राथमिकतामा राखेर कार्य गर्ने समेत सघका अध्यक्ष दिपक गुरुङ्गले बताएका छन । सहयोग अभियानलाई काठमाडौं खेलकुद समाजले संयोजन गरिरहेको छ ।

    No description available.

  • २७ जेष्ठ २०७८, बिहीबार २२:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images