प्रतिबन्ध लगाए अस्ट्रेलियामाथि उचित कदम चाल्ने चीनको चेतावनी
  • CIA Khabar

  • क्यानबेरा । आफुमाथि अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको छ ।

    चीनमा अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरेको आरोपमा अस्ट्रेलियाले प्रतिबन्ध लगाए उचित जवाफ दिने चीनले चेतावनी दिएको हो ।

    चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई चीनले सहज रुपमा नलिने अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चेङ जिङयेले चेतावनी दिएका हुन् ।

    क्यानबेरास्थित भर्चुअल प्रेस सम्मेलनमा राजदूत चेङले चीनमा मानवअधिकार हनन भएको आरोप झुटो रहेको बताए ।

    सम्मेलनमा सिन्जियाङ क्षेत्रको सकारात्मक पक्षलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो । सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायमाथिको दमनलाई अस्ट्रेलियाले नरसंहारको संज्ञा दिदै चीनको आलोचना गर्दै आएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १२:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images