सरकारले न विगतका गल्तीबाट सिक्छ, न सल्लाह आत्मसात गर्छ : देउवा
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताएका हुन् ।

    सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात नगरेको भन्दै उनले भनेका छन्, ‘अधुरा कामलाई नै पुरा भएको भन्दै उद्घाटन, भिडभाड र तकडभडमा मग्न ओली सरकारले संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।

    परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने भन्दै उनले निषेधाज्ञाको सदुपयोग गर्न माग गरेका छन् ।

  • १७ बैशाख २०७८, शुक्रबार १६:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images