कोरोना नियन्त्रणमा ओलि सरकार लाचार बन्दै, भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो
  • CIA Khabar

  • काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

    मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

    मन्त्रालयले अघि भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

    मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

     

    अपील

  • १७ बैशाख २०७८, शुक्रबार १६:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images