शिक्षकलाई आलोपालो गरी प्रशासकीय काममा खटिन इलाम नगरपालिकाको आग्रह
  • अनमिका राई

  • अनमिका राई, इलाम । इलाम नगरपालिकाले आफ्नो मातहतका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई आलोपालो गरी दैनिक प्रशासकीय काममा खटिन आग्रह गरेको छ ।

    नगरपालिकाले शुक्रबार एउटा सूचना जारी गर्दै आफ्नो क्षेत्रका शिक्षक कर्मचारीलाई कोरोना संक्रमणदर घट्दै गएर सहज परिस्थिति सिर्जना भएमा वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यहरु अगाडि बढाउनुपर्ने भएको हुँदा तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

    त्यसैगरी नगरपालिकाले शैक्षिक सामाग्री निर्माण, फूलबारी निर्माण, विद्यालय परिसरमा वृक्षारोपण जस्ता काममा खटिन आग्रह गरेको हो ।

    बालबालिकाहरुलाई आ-आफ्नो घरमा नै सुरक्षित राखी पठनपाठनलाई पनि नियमित दिन अभिभावकलाई नगरपाललिको आग्रह गरेको छ ।

    सरकारले देशभरका सामुदायिक तथा निजी विद्यालयहरुलाई भौतिक रुपमा शैक्षिक क्रियाकलापहरु तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १६:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images