आगामी साताबाट सगरमाथा आरोहण शुरु हुँदै, कसरी अपनाइएको छ स्वास्थ्य सतकर्ता ?
  • CIA Khabar

  • काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । अहिले सगरमाथा आधार शिविरमा आरोही र उनीहरुको सहयोगी दल करिब पुगिसकेका छन् । सम्पर्क अधिकृतसम्म पुग्ने क्रममा रहेको उनले जानकारी दिइन् ।

    ‘पछिल्लो मौसम अपडेट अनुसार एक साता अनुकुल देखिएको छ,’ आधार शिविर पुग्ने क्रममा रहेकी आचार्यले अनलाइनखबरसँग भनिन्, ‘यो साता सगरमाथाबाट गुड न्युज आउँछ ।’ कोरोना महामारीका बीच यो पटक हिमाल आरोहणमा भने आरोहीको उत्साह देखिएको छ । सन् २०१९ पछि पहिलो पटक आरोहण हुन लागेको हो । सन् २०२० को आरोहण सिजन भने सरकारले रद्द गरेको हो ।

                 स्वास्थ्य सतकर्ता कसरी अपनाइएको छ ?

    आधार शिविर जानु अगाडि विदेशबाट आएका सबै आरोही होटेल क्वारेन्टिनमा बसेका थिए । सगरमाथा आधार शिविरसहित पदयात्रामार्गमा समेत स्वास्थ्यकर्मी खटाइएको छ । अल्टिच्यूट, नियमोनियाको समस्या हुने आरोहीलाई तत्काल काठमाडौं फिर्ता गरी अस्पतालमा ल्याउने गरी व्यवस्थापन मिलाइएको पर्यटन विभागले जनाएको छ । आधार शिविरमा समेत एक समूहको आरोही अर्को समूहको सम्पर्कमा नजाने र आरोहणमा समेत एक पटकमा बढीमा १७० जनासम्म मात्र आरोहण मार्गमा जान पाउने गरी यो पटक नियम तोकिएको छ । यसका लागि विभागले केही दिन अगाडि नियमहरु बनाएर सर्कुलर गरेको थियो ।

     

  • १७ बैशाख २०७८, शुक्रबार १६:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images