भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।गएराति करिब ११ बजेको समयमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नम्बरको मोटरसाइकल मध्यपुर थिमि नगरपालिका(४ चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकका उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।