शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

    १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । ३,२७९ जनाको मृत्यु भएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १८:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images