धौलागिरिमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो
  • CIA Khabar

  • काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ ।

    नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए ।

    १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

    मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    हेर्नुहोस् नेपाली सेनाको सूचना

  • १७ बैशाख २०७८, शुक्रबार १८:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images