एमाले नेता पहारी द्वारा अक्सिजन कन्सन्टेटर हस्तान्तरण
  • CIA Khabar

  • पोखरा । नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीद्वारा कोरोना रोकथाम तथा नियन्त्रणको लागि अति आवश्यक कन्सन्टेटर हस्तान्तरण गर्नुभएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको अन्नपूर्ण गाउँपालिका वडा नं। ५ स्थित झोवाङको स्वास्थ्य चौकी लागि उक्त कन्सन्टेटर सांसद पहारीले हस्तान्तरण गर्नुभयो । रु एक लाख ५० हजार पर्ने उक्त कन्सन्टेटर सवस्थ्य चौकीको लागि हस्तान्तरण गरिएको हो ।

    जोय फाउण्डेसन काठमाडौँ ठमेलको सहयोगमा उक्त कन्सन्टेटर सांसद पहारीले नेकपा एमाले नेता विष्णु केसी तथा गाउँपालिकाका पार्टी कमिटी सचिव विवेक देवकोटालाई आज हस्तान्तरण गर्नुभयो । उहाँहरुको माध्यमबाट स्वास्थ्य चौकीलाई वितरण गरिने छ ।

    उक्त कार्यक्रममा बोल्दै सांसद पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सबै आफ्नो आफ्नो तहबाट लाग्नु जरुरी रहेको बताउनुभयो । मानिसको सचेतना र सतर्कता नै कोरोना नियन्त्रणको महत्वपूर्ण कार्य भएकाले सवै नागरिकले स्वास्थ्य मापदण्ड पालना गरी संक्रमणलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

    सवैले मिलेर अगाडी बढेमा कोरोना मात्र नभई जस्तोसुकै समस्यालाई समाधान गर्न सकिने उल्लेख गर्दै सांसद पहारीले कोरोना संक्रमण, बाढी पहिरो, राहत, स्वास्थ्य समाग्रीलगायतका जस्तोसुकै समस्या आएमा तत्काल सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । जनताको समस्यालाई समाधान गर्न आफु जहिले पनि हाजिर हुने प्रतिवद्धता समेत गर्नुभयो ।

  • ३ असार २०७८, बिहीबार २१:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images