चितवनमा प्रहरीको गाडी दुर्घटना, एसपीसहित ६ जना घाइते
  • CIA Khabar

  • चितवन ।चितवनमा प्रहरीको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपीसहित ६ जना घाइते भएका छन् ।

    चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा प्रहरीको जीप दुर्घटना हुँदा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका हुन् ।

    बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।

    प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन् ।

  • ५ असार २०७८, शनिबार १०:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images