करेन्ट लागेर बालकको मृत्यु
  • CIA Khabar

  • रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

    मौलापुर नगरपालिका २ चिरचिरीया निवासी विश्वनाथ राउत कुर्मीका १२ वर्षीय छोरा राजिव राउत कुर्मीको मृत्यु भएको हो ।

    आफ्नै खेतमा पानी पठाउने क्रममा बिजुलीको नाङ्गो तार छुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्सपेक्टर राकेश यादवले जानकारी दिए । मौलापुर नगर प्रमुख रिनाकुमारी साहले मृतक बालकको परिवारलाई राहत स्वरूप २५ हजार नगद उपलब्ध गराएकी छन् ।

  • १७ बैशाख २०७८, शुक्रबार १८:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images