४० हजार घुससहित धादिङका सहायक वन अधिकृत पौडेल पक्राउ
  • CIA Khabar

  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

    आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले आइतबार उनको कार्यकक्षबाटै उक्त रकमसहित सहायक वन अधिकृत पौडेललाई रंगेहात पक्राउ गरेको हो ।

    आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालका अनुसार केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको र सोही मुद्दा मिलाउन भन्दै ४० हजार घुस लिएको खुल्न आएको छ ।

  • ६ असार २०७८, आईतवार २१:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images