काठमाडौँ। भोलिदेखि राइड सेयरिङ सेवा सञ्चालनमा आउने भएको छ । उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै बन्द भएको राइड सेयरिङ सेवा जोर(विजोर प्रणाली लागू भएसँगै सञ्चालनमा आउने भएको हो ।
मास्क सेनिटाइजरलाई अनिवार्य गरेर सेवा सुरु गरिने पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए ।
‘आज राति १२ बजेदेखि राइड सेयर सुरु गर्ने तयारी छ । मास्क र सेनिटाइजरबाहेक अरु के स्वास्थ्य प्रोटोकोल बनाउन सकिन्छ भनेर छलफलमा पनि छौँ,’ उनले भने ।
त्यस्तै टुटलले पनि भोलिदेखि सेवा सुरु गर्न सम्पूर्ण तयारी गरिसकेको जनाएको छ ।