गुल्मीमा शनिबार रातिदेखि लागु हुने गरि १ हप्ता लकडाउन
  • गोकर्ण पाण्डे

  • गुल्मी । कोरोना भाइरसको संक्रमण बढेपछि गुल्मीमा पनि बैशाख १८गतेदेखि २५ गतेसम्म लकडाउन हुने भएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि बैशाख १८ गतेदेखि २५ गतेसम्म एक साताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।

    डिसीसीएमसी जिल्ला संकट व्यवस्थापन गुल्मीको बैठकले बैशाख १८ गते राति १२ बजेदेखि बैशाख २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् ।

    जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ । यस्तै बैंकहरु बिहान १० बजेदेखि १२ बजेसम्म भीडभाड नगरी संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १९:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images