किशोरी बलात्कार आरोपमा युवक पक्राउ
  • CIA Khabar

  • काभ्रे  । १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पु¥याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।

    बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।

  • ७ असार २०७८, सोमबार १३:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images